दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन समाज सेवी आस्था बिन्दु मल्लज्युबाट पांच लाख एक हजार वन (५०१,०००) सहयोग प्राप्त भएको छ । तनहुंमा जन्मिएर म्याग्दीको ठाडाखानीलाई कर्म घर बनाउन पुग्नु भएकी मल्ल कोरियाली भूमिमा आई आफ्नो अध्ययन र जागिर संगै समाज सेवामा समेत राम्रो छवि बनाउन सफल हुनु भएको छ । सोन्सिक कोरिया (Society of Nepalese Students In Korea) को अध्यक्ष पदमा रहेर काम गरि सक्नु भएकी मल्ल हाल एन आर एन कोरियाकी युवा प्रतिनिधि , तनहुं सम्पर्क समितिकी सल्लाहकार र नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकी केन्द्रिय सदस्य समेत हुनु हन्छ । राजधानी सउल स्थित योन्सेइ युनिभर्सिटीको विश्वव्यापी जलवायु तथा मौशम परिवर्तन (पर्यावरण बिज्ञान) बिषयमा बिध्यावारिधिको अन्तिम चरणमा रहनु भएकी मल्ल पेशाले सउल नेश्नल युनिभर्सिटीको शोधकर्ता (Researcher) को रुपमा कार्यरत हुनुहुन्छ । जागिर,समाजसेवा र शोधकर्ता संगै प्रवासी भूमिमा पारिवारिक व्यवसायको जिम्मेवारी समेत सम्हालि रहनु भएको छ ।