नेपाल हाउसलाई ग्लोवल तेह्रथुम समाजको तर्फबाट २ लाख १ हजार वन सहयोगको घोषणा
Tuesday, January 27, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा सकृय तथा समाजसेवी संस्था ग्लोवल तेह्रथुम समाजले २ लाख १ हजार वन सहयोगको घोषणा गरेको छ । नेपाल हाउस व्यवस्थापन समितिको आयोजनामा सम्पन्न चियापान कार्यक्रम मार्फत संस्थाका अध्यक्ष श्री गणेश कालिकोेटेले सहयोग घोषणाको बारेमा जानाकारी गराउनु भएको हो । अध्यक्ष कालिकोटे नेपाल हाउस सांगीतिक महामेलाको लागि टिकट बिक्री बितरण समूहमा रहेर सकृय रुपमा लाग्नु भएको छ । अध्यक्ष कालिकोटे आफै लामो समय देखि स्वास्थ्य अनुकूलताले उपचारार्थ रहनु भएको थियो ।