नेपाल हाउसलाई नुवाकोट समाजको तर्फबाट ५ लाख ५ हजार वन सहयोगको घोषणा ।
Monday, January 26, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन नुवाकोट समाज दक्षिण कोरियाले ५ लाख ५ हजार वन सहयोगको घोषणा गरेको छ । नुवाकोट समाजका अध्यक्ष श्री रन्जन राज कुंवरज्युले ऊक्त रकम घोषणा बारे जानाकारी गराउनु भएको हो । नुवाकोट समाज दक्षिण कोरिया स्थापनाको छोटो समयमा नै चर्चामा आउन सफल सकृय संस्था हो । संस्थाको स्थापना पश्चात कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु संग सफल रुपमा सहकार्य गर्दै अगाडी बढिरहेको छ ।