याङसान नेपाली परिवारको तर्फबाट नेपाल हाउसलाई ५ लाख १ हजार वन सहयोग
Tuesday, January 27, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियान लाई सफल बनाउन याङसान परिवार दक्षीण कोरियाले ५ लाख १ हजार वन सहयोग गरेको छ । दक्षिण कोरयाको ख्यङसान नाम्दो एरियामा रहेका नेपालीहरुको साझा संस्था याङसान परिवारले उक्त रकम सहयोग गरेको हो । सहयोग रकम नेपाल हाउसको खातामा पठाईसकेको जानाकारी संस्थाका अध्यक्ष श्री नवराज वाग्ले ज्युले दिनु भएको छ ।ख्ङयसान नाम्दो एरियामा निक्कै चर्चामा रहेको यस संस्थाले त्यस एरियामा रहेका नेपालीहरुको दुख सुखमा साथ दिंदै आएको एक समाज सेवी तथा सकृय संस्था हो ।