म्याग्दीका सफल व्यवसायी रविन छन्त्यालबाट नेपाल हाउसलाई ७ लाख वन सहयोग
Sunday, January 18, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाको सफल व्यवसायी श्री रविन छन्त्याले ७ लाख वन सहयोग गर्नु भएको छ । म्याग्दी जिल्लाको गुर्जा गाविसवाट करिव २३ बर्ष अगाडी कोरिया आउनु भएका श्री छन्त्यालको ख्यङगिडो सुवन स्थित एक प्रतिष्ठित प्लाष्टिक कम्पनी रहेको छ । कम्पनीमा हाल ईपिएस भीषाका चार जनाले रोजगार गरिरहेका छन ।म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकारको रुमा रहनु भएका उहां सकृय समाज सेवीको रुपमा गनिनु हुन्छ हुन्छ । परोपकारी कामका हरेक अभियान र कृयाकलापहरुमा आफनो तर्फबाट सक्दो सहयोग र सहभागिता जनाउदै आउनु भएको छ ।