समाजसेवी सुर्य बहादुर खत्रीबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग
Friday, January 30, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन सिन्धुपाल्चोकका समाजसेवी सुर्य बहादुर खत्री ज्युबाट १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । सिन्धुपाल्चोक जिल्लाको सुनखानी-१ मेलचौरबाट करिव ३ बर्ष अगाडी ईपियस भीषा प्रणालीबाट कोरिया आई पुग्नु भएका खत्री हाल उईजंबु क्षेत्रको एक टेक्सटाईल कम्पनीमा कार्यरत हुनुहुन्छ । युवा अवस्था देखी नै समाजको हरेक तह र तप्कामा सामाजिक कार्य मार्फत जाने सोंच भएको बताउने उहां थप भन्नु हुन्छ - भर्खरै मात्र हामीले सिन्धु समाज आफू दक्षिण कोरिया गठन गरेका छौ । रोजगारिको शिलशिलामा आई परेका हरेक समस्याहरु र आपत-बिपतमा परेका सम्पूर्ण नेपाली नागरिकहरुको संगठनिक ढंगले समाधान गर्न साथै समान उदेश्य बोकेका अन्य प्रवासी संघसस्थाहरुसँग हातेमालो गर्दै मिलेर हरेक समस्याहरुको सामना गर्ने एबम जिल्ला तथा देशलाई केही योगदान गरौ भन्ने उदेश्यकासाथ कोरिया मा बिभिन्न पेशा तथा रोजगारि गर्ने सिन्धुबासीहरुको प्रथम भेलाले " सिन्धु समाज दक्षिण कोरिया २०७१ " गठन गरिएको हो ।
प्रस्तावित सिन्धु समाजका संयोजक समेत रहनु भएका खत्रीले यही फेब्रअरी २० तारिखको दिन वन्नामडोङ सागरी स्थित नेपाल हाउस मै सिन्धु समाज को प्रथम अधिवेशन सम्पन्न हुन गई रहेको जानाकारी दिनु भयो ।






















