नेपाल हाउसलाई पत्रकार बाला राईबाट १ लाख १ हजार वन सहयोग

Friday, January 30, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन पत्रकार तथा समाजसेवी बालाचन्द्र राई (बाला राई) बाट १ लाख १ हजार वन सहयोग  प्राप्त भएको छ । सोलुखुम्बु जिल्लाको मुक्ली गा विस ६ बाट कोरिया आउनु भएकी राईले  पत्रकारिता तथा आमसंचार विषयमा आर आर क्याम्पस काठमाडौंबाट स्नातकोत्तर गर्नु भएको छ । नेपाल रहंदा  अन्नपूर्ण पोष्टमा रिपोर्टरको अनुभव संगालि सक्नु भएकी उहां हाल  कोरियाबाट संचालित अनलाइन पत्रिका फोनिज कोरिया सँग आवद्ध हुनुहुन्छ । नेपाल को सोलुखुम्बु जिल्लामा जन्मिएर कोरियाली भूमिलाई कर्मभूमि बनाउन पुग्नु भएकी पत्रकार राई समाज सेवामा रुचि रहेको बताउनु हुन्छ । साथै नेपालबाट बिबाह बन्धनमा बांधिई कोरिया आई पुगेका धेरै भन्दा धेरै नेपाली दिदी बहिनीहरु यस महान अभियानमा समेटिईनु पर्ने उहांको भनाई छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP