मकवानपूर-कोरिया मंचले नेपाल हाउसलाई पांच लाख पांच हजार वन सहयोग
Tuesday, January 13, 2015
कोरियाली भूमिमा सकृय संस्था मकावानपूर-कोरिया मंचले दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि ५०५,००० पांच लाख पांच हजार वन सहयोग गरेको छ । मकवानपूर-कोरिया मंचको कार्य समितिको बैठकले नेपाल हाउसलाई पांचलाख एक हजार सहयोग गर्ने निर्णय गरि नेपाल हाउस व्यवस्थापन समितिलाई सहयोग भुक्तान गरि सकेको मकावानपूर-कोरिया मंचका अध्यक्ष श्री रमेश उप्रेतिले बताउनु भयो । मकावानपूर-कोरिया मंचको स्थापना भए पश्चात कोरियाका हेरक संघ संस्थाहरु संग हातेमेलो गर्नुको साथै कोरियामा रहेका सम्पूर्ण मकवानपूरेहरुलाई एक बनाउदै जिल्लामा थुप्रै आर्थिक तथा भौतिक सहयोगहरु गरेको छ ।