नेपाल हाउसलाई वुमन फर वुमनकी अध्यक्ष श्रीमती मल्लिका थकालीबाट तीन लाख वन सहयोग
Tuesday, January 13, 2015
कोरियाली भूमिमा रहेका महिलाहरुको हितको लागि निरन्तर लागि रहेको संस्था वुमन फर वुमनकी अध्यक्ष श्रीमती मल्लिका थकालीले व्यवस्थित र दीर्घकालिन नेपाल हाउसको लागि नेपाल हाउस व्यवस्थापन समितिलाई तीन लाख वन सहयोग गर्नु भएको छ । मुस्ताङ जिल्लाबाट कोरिया आई कार्यरत श्रीमती थकाली समाज सेवी महिलाहरुको सकृय लिष्टमा पर्दछ । थकाली सेवा समाजका सल्लाहकार समेत रहनु भएका उहां सरल मिजास र सहयोगी भावनाका धनी हुनुहुन्छ ।