चर्चित संस्था नेपाल योङ स्टार ग्रुपबाट नेपाल हाउसलाई ५ लाख ११ हजार वन सहयोग

Friday, January 30, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा अति चर्चित संस्था नेपाल योङ स्टार ग्रुपले नेपाल हाउसलाई ५ लाख ११ हजार वन सहयोगको घोषणा गरेको छ। ग्रुपका अध्यक्ष श्री लोक लामाले नेपाल हाउसलाई उक्त रकम सहयोग घोषणा गरेको बताउनु भयो । समाज सेवी भूमिकामा निक्कै अगाडी यस ग्रुपले बिगत देखि नै  थुप्रै उदाहरणिय कार्यहरु गर्दै आई रहेको छ । यस ग्रुपका संस्थापकहरुबाट नेपालमै पनि  नेपाल योङ स्टार ग्रुप प्रालि  स्थापना गरि ग्रुप संञ्जाललाई अधिराज्य भर फैलाउने प्रयत्न भई रहेको छ । अध्यक्ष लामाको अनुसार योङ स्टार ग्रुपलाई आगामी दिनमा अझ सशक्त बनाएर अगाडी बढाउने सोंच रहेको बताउनु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP