सउल यङदम्फोका सफल व्यवसायी संतोष थापाबाट नेपाल हाउसलाई ५ लाख १ हजार वन सहयोग
Tuesday, January 20, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन सउल यङदम्फोका सफल व्यवसायी श्री संतोष थापाले ५०१,००० पांच लाख एक हजार वन सहयोग गर्नु भएको छ । समाजसेवी भावनामा एक कडम अगाडी रहनु भएका श्री थापा लमजुङ जिल्लाबाट कोरियाली भूमिमा आउनु भएको हो । उहांको हाल राजधानी सउल स्थित यङदम्फो शहरमा ईन्दु ट्रेडर्स संचालनमा छ । राजधानी सउलकै निक्कै पुराना र सफल व्यवसायीको रुपमा परिचित उहां एक जना कुशल समाज सेवी र सफल व्यवसायीको रुपमा स्थापित भई सक्नु भएको छ ।