याङसान नेपाली परिवारका अध्यक्ष नवराज वाग्लेबाट नेपाल हाउसलाई १५१,००० सहयोग
Thursday, January 29, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन याङसान नेपाली परिवारका अध्यक्ष श्री नवराज वाग्लेज्युले नेपाल हाउसलाई १५१,००० ( एक लाख एकाउन्न हजार वन ) सहयोग गर्नु भएको छ । नेपाल हाउसको परोपकारी कामबाट आफू प्रभावित भई स्वईच्छाले सहयोग गरेको बताउनु हुने श्री वाग्लेज्युकै पहलमा केहि दिन अगाडी याङसान नेपाली परिवारको तर्फबाट ५०१,००० सहयोग प्राप्त भई सकेको छ । सरल स्वभाव, मिहेनति र समाजसेवामा पोख्त श्री वाग्ले कोरिया स्थित नेपाली जन सम्पर्क समितिका केन्द्रिय सदस्य समेत हुनहुन्छ । स्याङजा किचनास गाविसबाट कोरिया आउनु भएको उहां हाल ख्यङसान नाम्दो याङसानमा बिगत ६ बर्ष देखि कार्यरत हुनुहुन्छ ।