नेपाल गोरखा परिवारको तर्फबाट नेपाल हाउसलाई १० लाख १ हजार वन सहयोग गर्ने घोषणा
Monday, January 26, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा सकृय संस्था नेपाल गोरखा परिवार दक्षिण कोरयाले १० लाख १ हजार वन सहयोग गर्ने घोषणा गरेको छ । नेपाल हाउस व्यवस्थापन समितिले आईतबार आयोजना गरेको चियापान कार्यक्रम मार्फत संस्थाका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठज्युले उक्त रकम सहयोग गर्ने घोषणा गर्नु भएको हो । नेपाल हाउस सांगीतिक महामेला सउल कार्यक्रमको सुरक्षा संयोजक समेत रहनु भएका अध्यक्ष श्रेष्ठले कार्यक्रममा बोल्दै कोरियामा रहेका हरेक संस्थाहरुबाट दुई दुई जना स्वयंसेवकको नामावलि पठाई सहयोग गर्न अनुरोध समेत गर्नु भयो । नेपाल गोरखा परिवार दक्षिण कोरिया कोरियाली भूमिमा सकृय समाजसेवी संस्थाको रुपमा परिचित संस्था हो । यस संस्था आफ्नो जिल्लामा आर्थिक भौतिक रुपमा समाजसेवी भूमिका निभाउनुको साथै कोरियाली भूमिमा रहेका हरेक संघ संस्थाहरु संग एकापसमा हातेमेलो गर्दै अगाडी बढिरहेको छ ।