नेपाल हाउसलाई सुदुर पश्चिम समाजका अध्यक्ष प्रेम शाहबाट पांच लाख वन सहयोग
Tuesday, January 13, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कैलाली जिल्लाबाट कोरियाली भूमिमा आई कार्यरत रहनु भएका सुदुर पश्चिम समाजका अध्यक्ष श्री प्रेम कुमार शाहले पांच लाख वन सहयोग गर्नु भएको छ । श्री शाह नेपाल हाउस व्यवस्थापन समितिको सचिवालयमा रहेर नेपाल हाउस सांगीतिक महामेलालाई भव्य रुपमा सफल बनाउन सकृय भूमिका निभाउंदै आउनु भएको छ ।