कुमारी भान्छा घरका संचालक श्री पुरु जोशीबाट नेपाल हाउसलाई पांच लाख वन सहयोग गर्ने घोषणा
Tuesday, January 13, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कुमारी भान्छा घरका संचालक तथा नेपाल कोरिया न्युजका प्रधान सम्पादक श्री पुरु जोशीज्युबाट ५,००,००० पांच लाख वन सहयोग गर्ने घोषणा गर्नु भएको छ । परोपकारी र समाज सेवी भावनाबाट ओटप्रोट व्यक्तित्व श्री जोशी आफ्नो अनलाईन मिडिया नेपाल कोरिया न्युज डट कमको माध्यमबाट केहि बर्ष अगाडी देखि परोपकारी अभियानको थालनी गर्नु भएको छ । समाज सेवी पुस्पा बस्नेत लाई कोरियामा अवार्डको लागि खेलेको भुमिका होस वा आमा घरकी संचालिका दिल शोभा श्रेष्ठको सम्मान कार्यक्रम सबैमा श्री जोशी ज्युको उल्येख्य भूमिका रहेको छ । कोरियाका साना ठूला परोपकारी कार्यहरुमा समेत आर्थिक ,भौतिक र नैतिक रुपमा समर्थन र सहयोग गरेका थुप्रै उदाहरणहरु छन ।