नेपाल हाउसलाई किरात राई यायोक्खाकाबाट पांच लाख एक हजार वन सहयोग
Wednesday, January 14, 2015
दीर्घकालिन व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा सकृय जातिय संस्था किरात राई यायोक्खाले पांच लाख एक हजार वन सहयोग गरेको छ । किरात राई यायोक्खाले कोरियाली भूमिमा आई पुगेका सम्पूर्ण राईहरुलाई एक बनाई एकापसमा हातेमेलो गर्ने र आफ्नो संस्कार संस्कृतिको संरक्षणको लागि बिबिध कार्यक्रमहरु गर्दै आउनुको साथै सम्पूर्ण प्रवासी नेपालीहरुको दुख सुखमा समेत सहयोगी भूमिका निभाउदै आएको छ ।