थेगु,नामसानबाट रोविन मल्ल ठकुरीले नेपाल हाउसलाई १लाख १० हजार वन सहयोग
Friday, January 30, 2015
दक्षिण कोरियाको थेगु स्थित नामसानमा रहेको आजिन गम्सोकमा कार्यरत श्री रोविन मल्ल ठकुरीले नेपाल हाउसलाई १लाख १० हजार वन सहयोग गर्नु भएको छ । ईपिएस प्रकृयाबाट २ वर्ष ५ महिना अघि कोरिया आएका वालिङ ३ विपि चौक स्याङजाका मल्लले नेपाल हाउस व्यवस्थापनको राम्रो कामलाई सफल होस भन्दै सहयोग गरेको बताउनु भएको छ । उहांले मजदुरको लागि थेगु क्षेत्रमा पनि चाडै शेल्टर र नेपाल हाउस बन्नु पर्नेमा जोड दिनु भयो ।