दुगुनागडी मोनोरेल कम्पनी प्रा.लि. बाट ११ लाख वन ( एक प्लेन टिकट बराबर ) सहयोग गर्ने घोषणा

Thursday, January 22, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन काठमाडौ स्थित Dugunagadi Monoreail  Company LTD को तर्फबाट  नेपाल हाउस सांगीतिक महामेलामा सहभागि हुन आउने कलाकारहरु मध्यको १ टिकट बराबर ११ लाख वन सहयोग स्वरुप उपलब्ध गराउने घोषणा भएको छ । कम्पनीका  अध्यक्ष श्री  दिनेश पौड्याल ज्युले उक्त सहयोगको घोषणा गर्नु भएको हो ।
यस कम्पनीको संचालक समितिको सदस्यको रुपमा  एन आरएन कोरियाका अध्यक्ष तथा नेपाल हाउस व्यवस्थान समितिका संयोजक समेत रहनु भएका  श्री बिनोद कुंवर समेत हुनुहन्छ । 
के हो दुगुनागडी मोनोरेल कम्पनी प्रा.लि. ?
नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यस कम्पनीले सिन्धुपाल्चोक जिल्लाको तातोपानी स्थित
नेपाल भोटको युद्धको समयमा नेपाली सेनाबाट निर्माण भएको ऐतिहासिक दुगुनागडीलाई मध्यनजर गरेर नेपालको नै पहिलो मनोरञ्जनात्मक माउण्टेन मोनोरेल योजना कोरियन प्रविधिमा निर्माण गर्न लागेको छ । पर्यटकिय गन्तव्यको रुपमा विकाश भैरहेको सो स्थानलाई अझ प्रभावकारी अगाडि बढाउने लक्ष्य लिईएको सो स्थानमा नेपाल चीनको व्यापारको केन्द्रविन्दु सुख्खा वन्दरगाह, प्राकृतिक तातोपानीको मुहान, भैरवकुण्ड ताल, लिस्तीमाई मन्दिर, बज्र ईको रिसोर्टका अतिरिक्त विभिन्न होटल तथा रिसोर्टहरु राष्ट्रिय महत्वका जलविद्युत आयोजनाहरु र नेपाल चीन विचको व्यवस्थित नाका जो चीनको स्वसासित क्षेत्र तिव्वतको खासा बजार नजिक रहेको छ । अनुमानित लागत २५ करोड रहेको यस योजनामा स्थानिय लगानिकर्ता, नेपालका प्रतिष्ठित उद्योगपतीहरु, गैर आवासिय नेपालीहरु तथा कोरियन कम्पनीको संयूक्त रहेको छ ।


Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP