नेपाल पत्रकार महासंघ दक्षिण कोरियाबाट नेपाल हाउसलाई ५ लाख वन सहयोग
Thursday, February 5, 2015
दक्षिण कोरियामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था तथा कोरियाको नेपाली समुदायमा अग्रणी भुमिका निभाउंदै आएको नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले नेपाल हाउसको लागि ५ लाख वन सहयोगको घोषणा गरेको छ । दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले उक्त सहयोगको घोषणा गरेको हो । घोषणाको बारेमा नेपाल हाउस सांगीतिक महामेला प्रचार प्रसार समितिको संयोजक समेत रहनु भएका नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष श्री अशोक मैनाली ज्युले जानाकारी गराउनु भयो । अध्यक्ष श्री मैनालीका अनुसार महासंघको बैठकबाट निर्णय गरि नेपाल हाउसलाई सहयोगको घोषणा गरिएको हो । नेपाल हाउसलाई दिगो बनाउन शुरु गरिएको यस महान अभियानमा कोरियामा रहेका पत्रकारहरुले खेलि रहेको अबिष्मरणिय र उल्यख्यनिय भूमिका रहंदा रहंदै महासंघको तर्फबाट गरिएको सहयोग रकमको घोषणाले महामेला सहितको यस परोपकारी अभियानमा नयां उर्जा थपिएको छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले पत्रकारिता संगै सामाजिक सेवाका उल्यख्यनिय कार्यहरु समेत गर्दै आएको छ । कोरियामा रहेका हरेक संघ संस्थाहरु संगको सुमधूर सम्बन्ध सहितको सहकार्य र बार्षिक रुपमा दिइन शुरु गरिएको उत्कृष्ट समाज सेवा अवार्ड यसका ज्वलन्त उदाहरणहरु हुन ।