म्याग्दी घतानकी निर्मला केसीबाट नेपाल हाउसलाई १ लाख वन सहयोग
Thursday, February 5, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन म्याग्दी घतानकी समाज सेवी निर्मला केसीले नेपाल हाउसलाई १ लाख वन सहयोग गर्नु भएको छ । कोरियामा रहेका मनकारी प्रवासी नेपालीहरुबाट नेपाल हाउसलाई सहयोग गर्ने क्रम बढि रहेको बेला म्याग्देली समाजसेवी केसीले समेत सहयोग गर्नु भएकी हो । उहां नेपाल रहंदा समेत म्याग्दी मिलन समाजमा आबद्द रहेर सेवा गरि सक्नु भएकी छ । दुई बर्ष अगाडी कोरिया आउनु भएकी उहां हाल सुवनको एक कम्पनीमा कार्यरत हुनुहुन्छ ।