फ्यन्टेक माईग्रान्ट व्यलफेयर सेन्टरबाट नेपाल हाउसलाई ६ लाख १ हजार वन सहयोग
Tuesday, February 10, 2015
कोरियाली भूमिमा आई कार्यरत प्रवासीहरुको हितको लागि स्थापित Pyeongtaek Migraent welfare center Nepali Community को तर्फबाट दीर्घकालिन र व्यबस्थित नेपाल हाउसको लागि ६ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । प्रवासी कल्याणकारी केन्द्रका अध्यक्ष श्री बिजु बिक्रम थापा ज्युको अनुसार नेपाल हाउस निर्माण जस्तो पवित्र परोपकारी कार्यको लागि संस्थाको तर्फबाट नेपाल हाउसलाई सहयोग गरिएको जानाकारी दिनु भयो । कोरियाको फ्यन्टेक शहरमा स्थापना भएको यस संस्थाले खास गरि आपत बिपतमा परेका प्रवासी नेपालीहरुको हितमा काम गर्नु को साथै आकस्मिक आईपर्ने बिबिध समस्याहरुको समाधान गर्दै आई रहेको छ ।