नेपाल सम्पर्क समितिका भुपु अध्यक्ष शंकर बस्नेतबाट नेपाल हाउसलाई १ लाख १ हजार १११ सहयोग
Tuesday, February 10, 2015
दीर्घकालिन र ब्यबस्थि नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नेपाल सम्पर्क समितिका भुपु अध्यक्ष श्री संकर बस्नेतज्युले नेपाल हाउसलाई १ लाख १ हजार १११ सहयोग गर्नु भएको छ । भोजपूर नगर पालिका ५ बाट कोरियाली भूमिमा आई कार्यरत रहनु भएका श्री बस्नेत हाल प्रवासी नेपाली मंच (ओ एन एफ कोरिया ) र भोजपूर परिवारका सल्लाहकार हुनु हुन्छ । कोरिया आए देखि नै समाजसेवामा सकृय रहनु भएका श्री बस्नेत कोरियाली भूमिमा एक जना कुशल समाज सेवीको रुपमा चिनिनु हुन्छ ।