नेपाली एकता समाज दक्षिण कोरियाबाट नेपाल हाउसलाइ ५ लाख ६ हजार ५७० वन सहयोगको घोषणा
Tuesday, February 10, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन दक्षिण कोरियामा एक सकृय संस्था नेपाली एकता समाज दक्षिण कोरियाले ५ लाख ६ हजार ५७० वन सहयोगको घोषणा गरेको छ । संस्थाका अध्यक्ष श्री बिदुर शर्मा ज्युले हिजो संस्थाको तर्फबाट नेपाल हाउसलाई सहयोगको घोषणा गरिएको जानाकारी गराउनु भयो । अध्यक्ष श्री शर्मा ज्युको अनुसार समाजको कार्य समितिको पूर्ण बैठकबाट नेपाल हाउसलाई उक्त रकम सहयोग गर्ने घोषणा भएको हो । सन २०१२ मा स्थापना भएको नेपाली एकता समाज दक्षिण कोरिया स्थापना पश्चातको छोटो समयमा नै निक्कै चर्चित र समाज सेवी संस्थाको रुपमा दरिन सफल भएको छ । संस्थाले कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु संग हातेमेलो गर्दै अगाडी बढिरहेको छ ।