एन आर एन बुसान कमिटीका अध्यक्ष मुकुन्द सापकोटाबाट नेपाल हाउसलाई २ लाख २२ हजार २२२ वन सहयोग
Saturday, February 7, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन एन आर एन बुसान कमिटीका अध्यक्ष श्री मुकुन्द सापकोटाज्युबाट नेपाल हाउसलाई २ लाख २२ हजार २२२ वन सहयोग प्राप्त भएको छ । काभ्रेपलान्चोक जिल्लाबाट कोरिया आई बुसान क्षेत्रमा कार्यरत सकृय समाज सेवी तथा अध्यक्ष श्री सापकोटा नेपाल हाउस व्यवस्थापन समितिको आयोजनामा सम्पन्न हुन गई रहेको नेपाल हाउस सांगीतिक महामेला बुसान कार्यक्रममा सकृय रुपमा लागि पर्नु भएको छ ।