मकवानपूर कोरिया मंचका अध्यक्ष रमेश उप्रेतिबाट नेपाल हाउसलाई १ लाख ५५ हजार वन सहयोग
Saturday, February 7, 2015
कोरियाली भूमिमा सकृय संस्थाहरु मध्यको एक मकवानपूर कोरिया मंच दक्षिण कोरियाका अध्यक्ष श्री रमेश उप्रेति ज्युले नेपाल हाउसलाई १ लाख ५५ हजार वन सहयोग गर्नु भएको छ । दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन उहांले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्नु भएको हो । आर्थिक सहयोग मात्र नभई नेपाल हाउसको यस परोपकारी अभियानलाई सफल बनाउन आफूले गर्न सके सम्मको हर प्रयास र डौडढुप गर्दै आउनु भएको छ । हेटौडाबाट ईपिएस भीषा मार्फत कोरिया आई कार्यरत रहनु भएका समाजसेवी श्री उप्रेति नेपाल हाउसको परोपकारी अभियानको शुरुवात देखि नै सकृय रुपमा लागि पर्नु भएको छ । समाज र राष्ट्रको लागि केहि गर्नु पर्छ भन्ने मान्यता राख्नु हुने उप्रेतिज्यु अध्यक्ष रहनु भएको मकवानपूर कोरिया मंचको तर्फबाट यस अघि नै नेपाल हाउसलाई ५ लाख ५ हजार वन सहयोग प्राप्त भई सकेको छ ।