नेपाल आदिबासी जनजाती महासंघ कोरिया द्वारा नेपाल हाउस लाई ५ लाख१ हजार वोन सहयोग
Friday, February 13, 2015
दिर्घकालीन र व्यवस्थित नेपाल हाउस निर्माण को महान अभियानमा सहयोग पुर्याउन नेपाल आदिबासी जनजाती महासंघ कोरियाले ५ लाख १ हजार वोन सहयोग गरेको छ । कोरियामा क्रियाशील ८ वटा जातीय संस्था बाट सन् २००८ मा स्थापित महासंघ ले आफ्नो हक अधिकारको लागि प्रबाश बाट बुलन्द आवाज उठाउनु का साथै परोपकारी काम मा पनि बिशेष भूमिका निभाउदै आएका छ । कोरियामा क्रियाशील सबै संस्था संग हातेमालो गर्दै आएको महासंघ ले बिगत ४ बर्ष देखि बिकट जिल्ला डोल्पा का ३ जना नानी बाबु हरुलाई पूर्ण छात्रवृत्ति मा अध्यापन गराउदै आएको छ । नेपाल हाउस निर्माणको महान अभियान मा समेत बिशेष भूमिका खेल्दै आएको महासंघ लाई नेपाल हाउस ब्यबस्थापन समिति को तर्फ बाट बिशेष धन्यवाद ।