
दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलनअभियानलाई सफल
बनाउन कोरियाली भूमिमा सकृय एक संस्था तमुधिं कोरियाले नेपाल हाउसलाई ५ लाख ५५ हजार वन सहयोगको घोषणा गरेको छ । सहयोग घोषणाको बारेमा आज तमुधिं कोरियाका अध्यक्ष तथा समाजसेवी श्री सुरज गुरुङ ज्युले जानाकारी दिनु भयो । अध्यक्ष श्री गुरुङको अनुसार परोपकारी कार्यको लागि तमुधिं कोरियाको पूर्ण बैठकलर आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । कोरियामा रहे सम्पूर्ण तमूहरुको साझा संस्था तमुधिं कोरिया समाजसेवामा निक्कै अग्रणी संस्था समेत हो । गत साल करिव काठमाडौमा दाह संस्कार भवन करिव २० लाख नेरुमा निर्माण सम्पन्न गरि सकेको छ भने तमु संग्रालय भवन निर्माणमा करिव ३ लाख नेरु आर्थिक सहयोग गरेको छ ।