म्याग्दीका समाजसेवी टंक पाईजाबाट नेपाल हाउसलाई २ लाख १ हजार वन सहयोग
Monday, February 2, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन म्याग्दी समाज समिति दक्षिण कोरियाका संस्थापक सदस्य श्री टंक पाईजा पुनले नेपाल हाउसलाई २ लाख १ हजार वन सहयोग गर्नु भएको छ । सरल स्वभाव र मिलनसार श्री पुन म्याग्दी कोटगाऊबाट कोरिया आई कार्यरत हुनुहुन्छ । उहांलेम्याग्दी समाज समिति भित्र रहेर लामो समय सम्म समाजसेवी भूमिका निर्वाह गर्नु भएको छ ।