नवलपरासीका सागर विष्टद्वारा नेपाल हाउसलाई १ लाख वन सहयोग
Friday, February 13, 2015
दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नवलपरासी स्थित रकुवा गाविस वडा नं. ३ का श्री सागर विष्टज्युले नेपाल हाउसलाई १ लाख वन सहयोग गर्नु भएको छ ।
ईपिएस मार्फत दक्षिण कोरिया आई हाल कोरियाको सछाङमा कार्यरत श्री विष्टले सो सहयोग गर्नु भएको हो ।
सामाजिक सेवामा लागि पर्ने विष्टले नेपाल हाउस बन्न लागेको कुराले खुसी भई आफूले पनि सहयोग गरेको बताउनु भएको छ ।