तमूधिं कोरियाका उपाध्यक्ष भीम गुरुङबाट नेपाल हाउसलाई १५३ हजार वन सहयोग
Friday, February 13, 2015
दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन तमूधिं कोरियाका उपाध्यक्ष श्री भीम गुरुङज्युबाट नेपाल हाउसलाई १५३ हजार वन सहयोग प्राप्त भएको छ । गाऊं शहर लम्जुङ जिल्लाबाट कोरिया आई कार्यरत रहनु भएका समाजसेवी श्री ज्युबाट नेपाल हाउसलाई आर्थिक सहयोग प्राप्त भएको हो । लामो समय देखि समाजसेवामा आबद्द रहनु भएका उहां कोरियाली भूमिमा एक सकृय समाजसेवीको रुपमा चिनिनु हुन्छ भने हाल लमजुङ परिवार कोारियाका सल्लाहकार समेत हुनु हुन्छ ।