नमस्ते रेष्टुरेण्टका संचालक लक्षमण बोगटीबाट नेपाल हाउसलाई १५ लाख वन सहयोगको घोषणा
Thursday, February 5, 2015
दीर्घकालिन र व्यवस्थोत नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा स्थापित तथा सफल व्यवसायीको रुपमा परिचित नमस्ते रेष्टुरेण्टका संचालक श्री लक्षमण बोगटी ज्युले नेपाल हाउसलाई १५ लाख वन सहयोगको घोषणा गर्नु भएको छ । उदार र सहयोगी भावनाका धनी श्री बोगटी म्याग्दी जिल्लाको रत्नेचौरबाट करिव २२ बर्ष अगाडी कोरिया आउनु भएको हो । उहां आफ्नो व्यवसाय संगै समाज सेवामा समेत निक्कै अगाडी हुनुहन्छ । हाल आफ्नो रेष्टुरेण्ट व्यवसायलाई कोरियाको बिभिन्न शहरहरुमा फैलाउनु भएका समाज सेवी श्री बोगटी कोरियामा आपत् बिपत्मा परेका नेपालीहरुलाई खुला हृदयले आफू सक्दो सहयोग गर्दै आउनु भएको छ । गत बर्ष बोन टिबी लागेर बांच्ने आशा १% मात्र रहेको म्याग्दीका केशव पुनलाई आर्थिक,नैतिक रुपमा सहयोग गर्दै बचाएर जीवनमा सब सव बन्दा ठूलो पुन्य कमाउनु भएको सहयोगलाई उदाहरणिय को रुपमा लिन सकिन्छ । उहां म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकार समेत हुनुहुन्छ भने म्याग्दी समाजका सहयोग दाता पनि ।