अन्नपुर्ण सेवा समाज थेगुले नेपाल हाउसलाई ५ लाख ५५ हजार ५ सय ५५ वन सहयोग

Thursday, February 5, 2015

 दक्षिण कोरियाको सक्रिय सामाजिक संस्था नेपाल अन्नपूर्ण सेवा समाज ले नेपाल हाउस निर्माण अभियान ५ लाख ५५ हजार ५ सय ५५ वन सहयोग गरेको छ । थेगु क्षेत्रमा रहेका नेपाली विच सक्रिय रहेर पनि कोरियाकै अग्रणी संस्थाहरु मध्येको एक रहेको यस समाज सामाजिक कार्यमा निकै अगाडि रहेको छ । नेपाल हाउस बनाउने अभियानमा आर्थिक सहयोगको साथै थेगु क्षेत्रबाट बुसानको महामेला सांस्कृतिक कार्यक्रम सफल पार्न समाजले विषेश सहयोग गर्ने संस्थाका अध्यक्ष श्री नगेन्द्र मगरले बताउनु भएको छ । सेरफ बचाउ अभियानमा विशेष भूमिका निभाएको समाजले दल बहादुर थापा मगरलाई १० लाख ९२ हजार वन सहयोग हस्तान्तरण गरि सकेको छ । यसो त १३ लाख वन नेपालमा वृद्धाआश्रमको सहयोगको लागि पठाएको समाजले विभिन्न सहयोग अभियानहरुमा समेत सहभागि बन्दै आएको छ । कोरियाको राजधानी सउलमा हुने विविध कार्यक्रममा समेत सक्रिय सहभागि हुदै समाजले थेगुमा तिज,दशैं ,ल्होसार ,वार्षिक उत्सव मनाउदै आएको छ । २०६७ मा स्थापित सामाजिक रुपमा सक्रिय यस समाजले दक्षिण कोरियामा राहत कोष बनाउने लक्ष्य सहित तयारीलाई तिब्र बनाएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP