उमसङ नेपाली सहयोग समितिको तर्फबाट नेपाल हाउसलाई २ लाख ५१ हजर वन सहयोग ।
Sunday, February 1, 2015
कोरियामा रहेका प्रवासी नेपालीहरुको हितको लागि स्थापना गरिएको परोपकारी
संस्था उमसङ नेपाली सहयोग समितिको तर्फबाट नेपाल हाउसलाई २ लाख ५१ हजार वन
सहयोग प्राप्त भएको छ । दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड
संकलन अभियानलाई सफल बनाउन संस्थाले आर्थिक सहयोग गरेको हो । संस्थाका
अध्यक्ष श्री महेन्द्र कुमार श्रेष्ठ ज्युले उक्त सहयोगको बारेमा जानाकारी गराउनु भयो ।