कान्तिपूर रेष्टुरेण्टका संचालक गणेश रिजालबाट नेपाल हाउसलाई ६ लाख १ हजार वन सहयोग
Sunday, February 1, 2015
कोरियाको आनसान शहरमा रेहेको कान्तिपूर रेष्टुरेण्टका संचालक श्री गणेश रिजालबाट नेपाल हाउसलाई ६ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । आनसान एरियामा सफल व्यवसायीको रुपमा चिनिनु हुने श्री रिजाल एक जना सकृय समाज सेवी समेत हुनुहन्छ । पर्वत जिल्लाबाट व्यवसाय कै लागि कोरिया आउनु भएका समाजसेवी श्री रिजाल सरल स्वभााव र समाज सेवी भावना कै कारण नेपालीहरु माझ लोकप्रिय मानिनु हुन्छ । उहांको समाजसेवी कार्यबाटै गत साल आनसान सीबाट मानार्थ सदस्यको पद्बी बाट सम्मानित भई सक्नु भएको छ ।