छन्त्याल परिवार दक्षिण कोरिया द्वारा नेपाल हाउसलाई ५ लाख ५ हजार १०० वोन सहयोग घोषणा
Tuesday, February 10, 2015
दिर्घकालिन र व्यवस्थित नेपाल हाउसको दश करोड संकलन अभियानलाई सफल बनाउन
कोरियाली भूमिमा सकृय संस्था छन्त्याल परिवार दक्षिण कोरियाले ५ लाख ५
हजार १०० वन सहयोग गर्ने घोषणा गरेको छ । घोषणाको बारेमा छन्त्याल
परिवारका अध्यक्ष श्री चुंडामणी छन्त्यालले जानाकारी गराउनु भएको हो ।
कोरियामा २०१२ देखि क्रियाशिल यस संस्थाले कोरियामा सबै संस्था संग
हातेमालो गर्दै अगाडी बढिरहेको छ । सामाजिक सेवामा सक्रिय यस संस्थाको
उत्तरोत्तर प्रगतिको कामना सहित नेपाल हाउस व्यवस्थापन समितिको तर्फबाट
बिशेष धन्यवाद