मुस्ताङ परिवारबाट नेपाल हाउसलाई ७ लाख ५५ हजार वन सहयोग
Wednesday, February 11, 2015
कोरियाली भूमिमा एक सकृय संस्था मुस्ताङ परिवार दक्षिण कोरियाले नेपाल हाउसलाई ७ लाख ५५ हजार वन सहयोग गरेको छ । दीर्घकालिन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन मुस्ताङ परिवारको तर्फबाट ७ लाख ५५ हजार वन सहयोग गरेको हो । मुसताङ परिवारका अध्यक्ष श्री कृष्ण गुरुङ जयुले रकम सहयोगको घोषणा संगै हिजै एक कार्यक्रको बिच नेपाल हाउस ब्यबस्थापन समितिका संयोजक श्री बिनोद कुंवर ज्युलाई हस्तान्तरण समेत गर्नु भयो । मुस्ताङ परिवार दक्षिण कोरिया सन २००१ मा स्थापना भएको एक सकृय संस्था हो । संस्थाले कोरियामा रहेका सम्पूर्ण संघसंस्थाहरु संग सुख दुखमा हातेमेलो गर्दै आई रहेको छ ।