धादिङ समाज दक्षिण कोरियाको तर्फबाट नेपाल हाउसलाई ५ लाख ११ हजार १११ वन सहयोगको घोषणा
Saturday, February 7, 2015
कोरियामा छोटो समयमा नै चर्चा बटुल्न सफल धादिङ समाज दक्षिण कोरियाले नेपाल हाउसलाई ५ लाख ११ हजार १ सय ११ वन सहयोगको घोषणा गरेको छ । दीर्घकालिन र ब्यवस्थित नेपाल हाउसको लागि धादिङ समाजको तर्फबाट सहयोगको घोषणा भएको समाजका अध्यक्ष श्री रामशरण भट्टज्युले जानाकारी गराउनु भयो । अध्यक्ष श्री भट्टज्युको अनुसार समाजको कार्य समितिको पूर्ण बैठकले नेपाल हाउसको लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । सन २०११ मा स्थापना भएको धादिङ समाज कोरियाले छोटो समयमा नै समाजसेवाका उल्यख्यनिय कार्यहरु गरेको छ । संस्थाले जिल्लामा रहेका चेपाङ बस्तिमा रहेका बालबच्चाहरुको शिक्षा, लट्टा कपडा लगायतका आर्थिक भौतिक सामाग्रीहरु पठाई सहयोग गरेको छ भने धादिङका सहारा बिहिन अबस्थामा रहेका एक जना बिधार्थीलाई निशुल्क पढाई रहेको छ । त्यस्तै, केहि महिना पहिले जिल्लाका मृगौला पिडितलाई करिव २५ लाख वन भन्दा बढि संकलन गरि सहयोग गरेको थियो । साथै धादिङ समाजले चिट्ठा कार्यक्रमबाट जम्मा भएको रकमलाई धादिङ जिल्लाको सरसफाईमा खर्च गर्ने छ ।