दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन सहयोगी तथा समाज सेवी अभियन्ता श्री यम श्रीस मगरले नेपाल हाउसलाई ३ लाख १ हजार वोन सहयोग गर्नु भएको छ । बाग्लुंग जिल्ला देेखि कोरियामा इ. पि .एस मार्फत रोजगार गर्न आउनु भएका श्रीस मिलनसार,सहयोगी , सक्रिय समाजसेवी र बौद्धिक व्यक्तित्वको रुपमा समेत चिनिनु हुन्छ । समाजसेवी श्रीस हाल नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको २ कार्यकाल सम्म महासचिब, बाग्लुंग सम्पर्क समिति कोरिया को २०१० देखि हाल सम्म पदाधिकारीमा रहदै बरिष्ठ उपाध्यक्ष , फोनिज कोरिया शाखाका उपाध्यक्ष तथा फोनिज कोरिया डट कम का ब्यबस्थापकिय निर्देशक हुनु हुन्छ/ नेपालमा समेत लामो समय सम्म सामाजिक र राजनीतिक संस्था मा नेतृत्व गरेका श्रीस कुशल लिडर र कार्यक्रम संचालकका रुपमा पनि आफ्नो पहिचान बनाउनु भएको छ । १० बर्ष सम्म शिक्षण पेशामा संलग्न रहनु भएको श्रीस ज्यु बौद्धिक क्षमता र vision सहितको प्रतिभावान व्यक्तिमा पर्नु हुन्छ भने दीर्घकालिन रव्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानमा कार्यालय सचिवको भूमिका सहित सकृयताका साथ लागि पर्नु भएको छ ।