महामेला बुसानका संयोजक एल वि विष्टद्वारा नेपाल हाउसलाई ५ लाख १० हजार वन सहयोग

Thursday, February 5, 2015

नेपाल हाउस व्यवस्थापन समितिले आयोजना गर्न लागेको नेपाल हाउस सांगीतिक महामेला बुसान संयोजक श्री एल वि विष्टज्युले नेपाल हाउसलाई ५ लाख १० हजार वन सहयोग गर्नु भएको छ  ।   एन सि सि बुसान शाखाका अध्यक्ष समेत रहनु भएका विष्ट सामाजिक कार्यमा सक्रिय हुनु हुन्छ  । नेपालीहरुलाई पर्न आएको आपत विपतमा सहयोगी बन्दैं आउनु भएका उहां बुसान स्थित  प्रस्तावित हिमालयन छिन्गु चिबको संयोजक समेत हुनुहुन्छ  । उस अघि उहांको संयोजकत्वमा रहेको चिबले १० लाख वन सहयोग समेत गरि सकेको छ । १५ वर्ष अगाडी कोरिया आउनु भएका समाजसेवी विष्टले बुसान क्षेत्रमा हिमालयन छिन्गु चिब शेल्टरको अवधारणालाई सफल पार्ने सपना रहेको बताउनु भएको छ ।  अहिले बुसान क्षेत्रमा हुन लागेको सांगितिक महामेलालाई भव्य रुपमा सफल पार्न लागि पर्नु भएका  विष्ट सबै नेपालीको गौंरव रहेको यो अभियानमा कोरियाका सबै नेपालीको साथ हुनुपर्ने बताउनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP