थेगुबाट ध्रुव वहादुर थापाको नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग
Tuesday, February 10, 2015
दक्षिण कोरियाको थेगु स्थित ख्यंगसाङ आब्राङ योङआमीमा कार्यरत श्री ध्रुव वहादुर थापाज्युले नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग गर्नु भएको छ ।
जन्मस्थान बझाङ बुङगल देउलिकोट टुमेडा वडा नं ७ भएको श्री थापा हाल कैलाली अत्तरिया सिर्पर गाविसको वडा नं. ६ थापापुरमा स्थायी बसोवास गर्दै आउनु भएको छ । उहां हाल कोरियाको थेगुमा नेपाल हरु विच सहयोगी भावनाको कारण परिचित हुनु हुन्छ । उहांले नेपाल हाउसप्रति गरेको समाजसेवाको कामले अरुलाई समेत सहयोग गर्ने प्रेरणा मिल्ने छ ।