दर्शन रेष्टुरेण्टका संचालक विपिन गुरुङबाट नेपाल हाउसलाई १० लाख वन सहयोगको घोषणा

Wednesday, February 4, 2015

कोरियाली भूमिमा सकृय समाज सेवी तथा सफल ब्यबसायीको रुपमा परिचित दर्शन रेष्टुरेण्टका  संचालक श्री विपिन गुरुङ ज्युबाट नेपाल हाउसलाई १० लाख वन सहयोगको घोषणा भएको छ । दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन समाज सेवि तथा सफल व्यवसायी श्री विपिन गुरुङ ज्युबाट १० लाख वन सहयोगको घोषणा भएको हो । व्यवसायकै लागि करिब दश बर्ष अगाडी बाग्लुङ जिल्लाबाट कोरियाली भूमिमा आई पु्नु भएका सहयोगी भावनाका धनी श्री गुरुङ आफ्नो व्यवसाय संगै समाज सेवालाई समेत एक साथ लैजानु भएको छ । केहि बर्ष अगाडी सम्म नमस्ते ईन सउलको संचालकको रुपमा परिचित उहांले यसै बर्ष देखि आफ्नो रेष्टुरेण्टलाई दर्शन नाम दिंदै व्यवसायलाई नयां रुप  दिनु भएको छ । उहां बाग्लुङ सम्पर्क समिति र नेपाल आदिवासी जनजाति महासंघ कोरियाका सल्लाहकार समेत हुनुहुन्छ भने भलिबल खेलको लागि एक जना कुशल खेलाडी ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP