म्याग्दी समाजका सचिव पुस्कल पुन बाट नेपाल हाउसलाई १ लाख ६५ हजार वन सहयोग

Wednesday, February 4, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन म्याग्दी समाज समिति दक्षिण कोरियाका सचिव श्री पुस्कल पुनले नेपाल हाउसलाई १ लाख ६५ हजार वन सहयोग गर्नु भएको छ । म्याग्दी दोवा गाविसबाट तीन बर्ष अगाडी ईपियस मार्फत कोरियाली भूमिमा आउनु भएका समाजसेवी पुन नेपालमा रहंदा समेत बिभिन्न सामाजिक संस्थाहरु मार्फत समाजसेवाको भूमिका निभाउनु भएको थियो । हाल म्याग्दी समाज समितिमा रहेर सकृयताका साथ आफ्नो जिम्मेवार वहन गरिरहनु भएका पुन  भलिबल खेलका कुशल खेलाडी समेत  हुनुहुन्छ ।  सरल स्वभाब, मिलनसार र सकृय समाजसेवी व्यक्तित्व उहांले नेपाल हाउस निर्माणको यस परोपकारी अभियानमा समेत स्वईच्छाले  आर्थिक सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP