माया मार्टका संचालक भिम गुरुङबाट नेपाल हाउसलाई १२ लाख वन सहयोगको घोषणा
Wednesday, February 4, 2015
कोरियाली भूमिमा सकृय समाज सेवी तथा सफल ब्यबसायीको रुपमा परिचित माया मार्टका संचालक श्री भीम गुरुङ ज्युबाट नेपाल हाउसलाई १२ लाख वन सहयोगको घोषणा भएको छ । दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन समाजसेवी श्री गरुङ ज्युबाट उक्त सहयोग रकमको घोषणा भएको हो । पर्वत जिल्लाबाट कोरिया आई लामो समय कोरिया बसाईको अनुभव संगाल्नु भएका उहांले बिगतमा समाज सेवाका थुप्रै उदाहरणिय कार्यहरु गर्नु भएको छ भने पछिल्लो समयमा एक जना सफल व्यवसायी र कुशल समाजसेवी । नेपाल बौद्द परिवारको संस्थापक समेत रहनु भएका श्री गुरुङले गत साल शान्तिका अग्रदूत भगवान गौतम बुद्दको जन्म स्थल लुम्बिनीबाट शान्ति द्दीप कोरिया ल्याउदा महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।