तोङदेमुनका व्यवसायीहरुबाट तेश्रो चरणमा करिव २७ लाख वन घोषणा

Tuesday, February 3, 2015

कोरियमा नेपाली टाउन भनेर चिनिने तोङदेमुन शहरमा ब्यबसाय गरिरहेका सफल व्यवसायीहरुबाट करिव २७ लाख वन घोषणा भएको छ । हिजो मंगलबार सांझ नेपाल हाउस व्यवस्थापन समितिका संयोजक श्री बिनोद कुंवर नेतृत्वको टोलि मार्फत तोङदेमुनका सफल व्यवसायीहरुबाट मनग्य आर्थिक सहयोग भएको हो । आर्थिक सहयोग गर्ने व्यवसायीहरुमा माया मार्टका संचालक श्री भीम गुरुङ,दर्शन रेष्टुरेण्टका संचालक श्री बिपिन गुरुङ र बिष्णु पौड्याल हुनु हुन्छ । यस अघि तोङदेमुन शहरमा रहेका व्यवसायीहरुबाट करिव ७० लाख वन संकलन र घोषणा भई सकेको छ । त्यस्तै,केहि हप्ता देखि नेपाल हाउसको परोपकारी अभियानमा सहयोग घोषणा रकम हस्तान्तरण समेत तिब्र रुपमा भई रहेको छ । कान्तिपूर रेष्टुरेण्टका संचालक श्री गणेश रिजाल र लक्ष्मी रेष्टुरेण्टका संचालक श्री कमल तामाङले घोषणा रकम गत आईतबार हस्तान्तरण गरि सक्नु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP