एन सि सीका केन्द्रिय सदस्य पुरुषोत्तम गौतमबाट नेपाल हाउसलाई १ लाख ११ हजार १११ वन सहयोग प्राप्त
Friday, February 6, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नेपाल सम्पर्क समिति दक्षिण कोरियाका केन्द्रिय सदस्य श्री पुरुषोत्तम गौतमबाट नेपाल हाउसलाई १ लाख ११ हजार १११ वन सहयोग प्राप्त भएको छ । गुल्सी भडौरे १ रामेछापबाट ईपिएस भीषाबाट कोरिया आई कार्यरत समाजसेवी श्री गौतम मिलनसार र सहयोगी भावनाका धनी व्यक्तित्व हुनु हुन्छ । उहांलाई नेपाल हाउस व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यबाद ।