भोजपुरका सोगेन्द्र घलेद्वारा नेपाल हाउसलाई ८ लाख वोन सहयोग
Friday, February 6, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन भोजपूर जिल्लाबाट कोरिया आई कार्यरत समाज सेवी श्री सोगेन्द्र घले द्वारा ८ लाख वोन सहयोग गर्ने घोषणा गर्नु भएको छ । ईपिएस भीषाबाट कोरिया आउनु भएका श्री घले एक सकृय समाजसेवी समेत हुनुहुन्छ । भोजपूर जिल्लाबाट कोरिया आई कार्यरत हाल राजधानी सउलमा कार्यरत श्री घले सरल मिजास,सहयोगी भावनाका धनी हुनुहुन्छ ।