स्याङजाका समाजसेवी बिष्णु न्यौपानेबाट नेपाल हाउसलाई ५ लाख ११ हजार वन सहयोग
Wednesday, February 4, 2015
ईपियस भीषाबाट कोरियाली भूमिमा आई कार्यरत एक जना मनकारीले नेपाल हाउसलाई ५ लाख ११ वन सहयोग गर्नु भएको छ । दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन स्याङजा जिल्लाबाट ईपियस भीषा मार्फत कोरियाली भूमिमा आई कार्यरत बिष्णु न्यौपानेज्युले नेपाल हाउसलाई ५ लाख ११ हजार वन सहयोग गर्नु भएको हो । परोपकारी काममा संधै अगाडी पर्नु हुने समाजसेवी न्यौपाने सहयोगर उदार मनका धनी हुनु हुन्छ । हाल आनसान एरियामा कार्यरत उहांको आगामी दिन सुखमय र सफलताको साथ अगाडी बढोस् ।