यति रेष्टुरेण्टका संचालक गम्भीर श्रेष्ठबाट नेपाल हाउसलाई ५ लाख ५० हजार वन सहयोग
Tuesday, February 17, 2015
दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल
बनाउन यति रेष्टुरेण्टका संचालक श्री गम्भीर श्रेष्ठज्युबाट नेपाल हाउसलाई ५ लाख ५० हजार वन सहयोग प्राप्त भएको छ । राजधानी सउलको होङदे स्थित यति रेष्टुरेण्टका संचालक तथा सफल व्यवसायी श्री श्रेष्ठ ज्युबाट महान परोपकारी कामको लागि आर्थिक सहयोग प्राप्त भएको हो । उहां कोरियाली भूमिमा एक जना सफल ब्यबसायी मात्रै नभई कुशल समाजसेवीको रुपमा समेत चिनिनु हुन्छ । अझ भन्नु पर्दा उहांले कोरियाली समाज नेपाली समाजसेवी छवी समेत राम्रो बनाउनु भएको छ ।