दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल
बनाउन नेपाली एकता समाजका संस्थापक अध्यक्ष श्री बिदुर शर्माज्यु बाट नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग प्राप्त भएको छ । सकृय समाजसेवीको रुपमा चिनिनु हुने श्री शर्मा पत्रकारिता र साहित्य लेखन मा संलग्न हुनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाज केन्द्रिय सचिबको रुप कार्यरत रहेर लामै अनुभव बटुलि सक्नु भएका उहां अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टर को संस्थापक सचीवसमेत हुनुहुन्छ ।