लमजुङ परिवार दक्षिण कोरिया द्वारा नेपाल हाउसलाई १० लाख ११ हजार वोन सहयोग
Monday, February 9, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको महान अभियानलाई सफल बनाउन कोरियामा अति सक्रिय संस्था लम्जुङ परिवा दक्षिण कोरियाले १०
लाख ११ हजार वन सहयोग गरेको छ । हिजो फेव्रुअरी ८ तारिख आयोजित नेपाल
हाउस सचिवालयको बिशेष बैठक मार्फत परिवारका अध्यक्ष श्री रुप गुरुङ ज्युले
नेपाल हाउस ब्यबस्थापन समितिका पदाधिकारीहरुलाई एक कार्यक्रमका बीच
हस्तान्तरण गर्नु भएको छ । कोरियामा बिगत लामो समय देखि क्रियाशिल संस्था लम्जुङ
परिवार दक्षिण कोरियाले आफ्नो जिल्लामा भौतिक सहयोगहरु गर्नुको साथै आपत
बिपतमा परेका लमजुङ वासीहरुलाई आर्थिक सहयोगहरु समेत गर्दै आएको छ । रोजगार लगायत अन्य
बिबिध माध्यमहरुबाट कोरियाली भूमिमा आई पुगेका लमजुङे हरुलाई एक बनाई
एकापसमा सहयोगको भावना जागृत गराउने मूल उद्देश्यको साथ सन १९९९ मा स्थापना
भएको यस संस्थाले लमजुबासीको हितको लागि मात्र नभई कोरियामा रहेका
सम्पूर्ण संघ संस्थाहरु संग दुख सुखमा हातेमेलो गर्दै आई रहेको छ ।